Section 24
बाल श्रम निवारण कोष
(१) नेपाल सरकारले प्रतिष्ठानमा काम गर्ने बालकको स्वास्थ्य, सुरक्षा, शिक्षा, व्यावसायिक र तालिमको व्यवस्था गर्न, बालकलाई उपयुक्त रोजगारीको व्यवस्था गर्न, बालकलाई काममा लगाउन निरुत्साहित तुल्याउन र बाल श्रम निवारण गर्ने
सम्बन्धमा बाल श्रम निवारण कोषको नामले एउटा कोष स्थापना गरिनेछ ।
(२) बाल श्रम निवारण कोषमा देहाय बमोजिमको रकम जम्मा गरिनेछः–
(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,
(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुबाट प्राप्त चन्दा, शुल्क, अनुदान तथा सहयोगको रकम,
(ग) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) बाल श्रम निवारण कोषमा जम्मा हुने रकम र कोषको संचालन तोकिए बमोजिम हुनेछ ।